नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।

काेराेना संक्रमित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्थामा सुधार आएको छ । प्रचण्डको सचिवालयमा समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोराेनाकाे कुनै लक्षण नभएको उल्लेख गरेकी छन् ।
चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताएकी छन् ।
माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका प्रचण्डलाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी राजनीतिक भेटघाट बन्द गरेर होम आइसोलेसनमा रहेका छन् ।

