नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (शुक्रबार)दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
बैठकले समसामयिक विषयका साथै कोरोना महामारी, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसको विषयमा छलफल हुने स्रोतले बतायो । त्यस्तै बैठकले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्नेबारे पनि छलफल हुने एक नेताले बताए ।
प्रधानमन्त्री देउवालाई कोरोनो संक्रमण पुष्टि भएसँगै राजनीतिक भेटघाट बन्द गरेका देउवा शुक्रबारबाट नियमित काममा फर्किएका हुन् । देउवालाई कोरोनो संक्रमण भएपछि मन्त्रिपरिषद्को नियमित बैठक पनि प्रभावित भएपछि प्रधानमन्त्रीले आजको लागि बैठक बोलाएका हुन् ।
बिहीबार पिसीआर परिक्षण गर्दा उनीमा कोरोना नदेकिएपछि उनी नियमित काममा फर्किएको उनको सचिवालयले जनाएको छ ।

