नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।

ट्रकको ठक्करबाट भैरहवाको बुद्धचोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेका छन् ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ बर्मेलटोलस्थित सडकमा यूपि ४२ एटि ४३५२ नम्बरको ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान करिब ११ बजे बुद्धचोकमा ठक्कर दिँदा बस्यालको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
