सिभिल बैंकको एघारौं वार्षिक साधारण सभा सम्पन्न

सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा पौष ३० गते शुक्रवार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको साधारण सभाले मर्जरमा जाने लगायतका अन्य कतिपय महत्वपूर्ण निर्णय गर्न तथा प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको विज्ञप्तिमार्फत बैंकले जनाएको छ ।

सम्बन्धित समाचार