तनहुँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परि चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा, ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट १०० मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार