मन्त्री आले बतासले होटल चलाएको पशुपति धर्मशाला निरीक्षण गर्न पुगेपछि…

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । आज (आइतबार) मन्त्री आले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका हुन् ।

बतास समूहले धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भनेपछि मन्त्री आलेले निरीक्षण गरेका हुन् । यसअघि धर्मशालामा बतासले होटल सञ्चालन गरेकोबारे अध्ययन गर्न मन्त्रालयले एक छानविन समिति बनाइसकेको छ । धर्मशालामा महँगो होटल, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।



भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ । त्यस्तै मन्त्री आलेले नारायणहिटी दरबारभित्र क्याफे सञ्चालनको तयारी गरिरहेका बतास समूहको ठेक्का रद्द गरेका थिए ।

सम्बन्धित समाचार