
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै , १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका-४ सघर्षनगर छेदिया बस्ने २३ वर्षीय बिमल थारुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बिमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
