किन स्थगित भयो प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक ? (सूचनासहित)

माघ ३ गतेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ । आज (आइतबार ) संसद्को सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

संसद्को सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक माघ १६ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठक माघ १६ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए । यसअघि गत पुस २८ पुस का लागि बोलाइएको बैठक पनि स्थगित गर्दै माघ ३ का लागि सारिएको थियो ।



एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिकदलसम्बन्धी अध्यादेश पेश

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ः०० बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्ने गरी समय परिवर्तन गरेको सङ्घीय संसद्का महासचिव गौतमद्वारा जारी सूचनामा उल्लेख छ । त्यस्तै माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको अनिश्चितकालका लागि स्थगित भएको छ ।

आज (आइतबार) एक सूचना जारी गर्दै सङ्घीय संसद्का महासचिव भरतराज गौतमले माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् ।

प्रतिनिधिसभा बैठकको स्थगित सूचना

राष्ट्रियसभा बैठकको स्थगित सूचना

राष्ट्रियसभा बैठकको स्थगित सूचना

सम्बन्धित समाचार