यस्तो छ ओमिक्रोनको संक्रमण रोकथामका लागि सरकारको ३६ बुँदे आदेश (पूर्णपाठसहित)

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ ।

गत पुस ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार नयाँ भेरियन्नट ओमिक्रोनसहित कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी नयाँ आदेश २०७८ जारी गरिएको जानकारी दिए ।



आदेश अनुसार अब आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिसभेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । त्यस्तै, गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गरी एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरु बढीमा २५ जना सहभागी रहने गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

त्यसैगरी सरकारले यस्ता क्रियापकलाप सञ्चालन गर्दा २०७८ साल माघ ७ गतेबाट खोपको पूरा मात्रा लगाएका व्यक्ति मात्र उपस्थित हुने गरी कार्यक्रम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइने भएको छ ।

यस्तो छ आदेश :

सम्बन्धित समाचार