प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

कोरोनाबाट संक्रमणमुक्त भएपछि प्रचण्डले राजनीतिक भेटवार्ता सुरु गरेका हुन् । भेटवार्तामा आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । त्यस्तै बैठकमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने सहमति पनि भएको बालुवाटार स्रोतले बताएको छ ।



स्थानीय तहको चुनावबारे छलफल गर्न मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको बालुवाटार स्रोतले बतायो ।

 

सम्बन्धित समाचार