मन्त्रिपरिषद हेरफेरको तयारी, प्रकाशमान सिंह गृहमन्त्री बन्दै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा गरेको प्रतिबद्धताअनुसार प्रकाशमान सिंहलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी गरेका छन्। रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको अवस्थामा देउवाले मन्त्रिपरिषद हेरफेर तथा पूर्णता गर्न छलफल सुरु गरेका हुन्।

मंसिर अन्तिम साता भएको पार्टीको महाधिवेशनमा सभापतिका प्रत्यासी देउवालाई नेता सिंहले दोस्रो चरणमा सहयोग गरेर निर्वाचित गराउन सहयोग गराएका थिए। त्यस बापत उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिनेबारे शनिबार छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो। वर्तमान गृहमन्त्री बालकृष्ण खाँडले भोलि नै राजीनामा दिने तयारी गरेको बताइन्छ ।

सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान भएको थियो । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका गरे पनि खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानको अनुसार दोस्रो चरणको चुनाव भएको थियो। पहिलो चरणमा ३७१ मत पाएका सिंहले देउवालाई सहयोग गरेका थिए। देउवाले सभापतिमा निर्वाचित भएको एक महिना पार गरेपछि नेता सिंहसँगको प्रतिवद्धता पूरा गर्ने तयारीमा जुटेका हुन् ।

सम्बन्धित समाचार