एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूलाई कोभिड संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘अफ्ठेरो महसुस नभएकोले आरामै छु । फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएका सबै जनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ।’ उनले भनेका छन्।



पछिल्लो समय कोरोना संक्रमणदर उच्च भएसँगै शीर्ष नेताहरु पनि संक्रमित हुने क्रम बढेको छ ।

सम्बन्धित समाचार