मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज (मंगलबार)सार्वजनिक बिदा दिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले आज (माघ ४) गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिएका थिए ।



प्रदेश सभामा सोमबार भएको मतदानले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम तोकिएको थियो । नाम मधेशको पक्षमा ८० र राजधानी जनकपुधरामको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।

सम्बन्धित समाचार