जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा अर्को आदेश जारी (सूचनासहित)

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिडको संक्रमण बढेको भन्दै एक अर्को आदेश जारी गरेको छ । आज (मंगलबार)जारी गरेको नयाँ आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

मंगलबार राति देखि हुने आदेशमा गोष्टि सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू भर्चुअल माध्यमबाट गर्न प्रशासनले आदेश दिएको छ । त्यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् ।



यसअघि पुस २७ गतेको उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने आदेश दिएको थियो । त्यसैगरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने निर्णय गरेको थियो ।

सूचना :

 

सम्बन्धित समाचार