
सर्वोच्च अदालतको फुलकोर्ट बैठकले सेवा कटौती गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सर्वोच्चले बुधबारदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको छ । भोलिदेखि सर्वोच्चले सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिने भएको छ । जसमाबन्दीप्रत्यक्षीकरण तथा कोभिड-१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदन, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ ।
त्यस्तै फुलकोर्टले कोरोना महामारीको बढ्दो प्रभावलाई ध्यानमा राख्दै आफ्नो सेवामा संकुचन गरेको हो । यसैगरी बैठकले मुद्दा/निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने बताएको छ । सर्वोच्च अदालतका एक दर्जन बढी न्यायाधीशमा कोरोना संक्रमण पुष्टी भएकाले सेवा प्रभावित भएको हो ।
यस्तो छ निर्णय :
