राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजिटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

तिमिल्सिनाको सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । मंगलबार तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यबारे जानकारी दिएका हुन् ।



साथै बालुवाटारस्थित सरकारी निवासमै स्वास्थ्यलाभ लिइरहेका छन् । अध्यक्ष तिमिल्सिनाले यसबीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य सतर्कता अपनाउन र लक्षण देखिए कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् । उनी स्वास्थ्यकर्मीहरूको सल्लाह बमोजिम केही दिन अघिदेखि नै होम आइसोलेसनमा थिए ।

सम्बन्धित समाचार