सत्ता गठबन्धनको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिवलाई कोरोना संक्रमण

सत्तारुढ पाँच दलको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोरोना संक्रमण पुष्टि भएको छ । बालुवाटारमा बसेको पाँच दलको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

बैठकमा सहभागी महासचिव भुसाललाई पटक पटक खोकी लागेपछि उपमहासचिव गंगालाल तुलाधरले तत्काल कोरोना परीक्षण गराउन सुझाएका थिए ।



परीक्षणको क्रममा भुसाललाई कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रधानमन्त्रीसहितका नेताहरु कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

सम्बन्धित समाचार