एमालेले ६३ जिल्लामा छान्याे नयाँ नेतृत्व, कहाँ को विजयी ?

नेकपा एमालेले ६३ जिल्लामा नयाँ नेतृत्व पाएको छ। जारी जिल्ला अधिवेशनबाट ६३ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ। गत २३ पुसमा एकैसाथ अधिवेशन उद्घाटन भएका जिल्लामध्ये ६३ जिल्ला नेतृत्व चयन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

अधिवेशन उद्घाटन भए पनि आन्तरिक विवादका कारण पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा नेतृत्व चयन हुन सकेको छैन। यस्तै, मौसम र आन्तरिक विवादका कारण धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम (पूर्व), रोल्पा, हुम्ला र बझाङमा पनि अधिवेशन हुन नसकेको केन्द्रीय कार्यालयले जनाएको छ।



त्यस्तै, एमालेको गैरभौगोलिक जिल्ला विशेषमा पनि नेतृत्व चयन भएको छ। यससँगै ६ वटै प्रदेशमा सम्पर्क कमिटीमा पनि नेतृत्व चयन भएको छ।

 

सम्बन्धित समाचार