
कोभिड संक्रमण जोखिम बढेसँगै सर्वोच्च अदालतले आजदेखि आफ्नो नियमित सेवा कटौती गर्ने भएको छ। मंगलबार सम्पन्न पूर्ण बैठकले संक्रमण बढ्दै गएको भन्दै आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको हो।
फुलकोर्टले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको हो। यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेका सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही भने नियमितरूपमा सञ्चालन हुने हुने जनाइएको छ। साथै, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनामा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ।
