
६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, निस्दी गाउँपालिका-१ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
