कोरोनाले राष्ट्रियसभाको निर्वाचन नरोकिने, यस्तो छ आयोगको तयारी

नेपालमा कोरोना संक्रमणदर उच्च भएपनि पूर्व निर्धातिर राष्ट्रियसभाको निर्वाचन भने नरोकिने भएको छ । १२ माघमा राष्ट्रियसभाको चुनाव हुँदैछ। ७ वटै प्रदेश राजधानीमा निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सांसद मतदाता हुने भएकाले चुनावमा सरकारले तोकेको २५ जना नियम लागू नहुने देखिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दीनेश थपलिया यो कारणले चुनाव स्थगित हुने वा सर्ने अवस्था नभएको बताउँछन् । बरु प्रयाप्त स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भए पनि चुनाव गराइने उनको भनाइ छ । गत शुक्रबार भएको सर्वदलीय बैठकमा राष्ट्रियसभा निर्वाचनमा मतदान केन्द्र बढाउनुपर्ने सुझाव दलहरुले दिएका थिए ।

प्रमुख आयुक्त दिनेश थपलियाले प्रदेश राजधानीमै चुनाव गराउने भन्ने कानूनी प्रावधानका कारण बाहिर मतदान केन्द्र राख्न नसकिने तर तोकिएकै ठाउँमा मतदान केन्द्र भने थपिने बताउँछन् । आयोगले तोकेको क्षेत्रमै लि खुला ठाउँ चाहिन्छ त्यसलाई उपयोग गर्न सकिने उनको भनाइ छ । कोरोना संक्रमणको त्रासबीच नै चुनाव गराउन गइरहेको आयोगले स्वाथ्य सुरक्षा मापदण्ड अपनाउने भएको छ ।

सम्बन्धित समाचार