नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
ओमिक्रोन भेरियन्टको प्रभावले विश्वभर पछिल्लो २४ घण्टामा ३२ लाख ८० हजार २१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३३ करोड ८९ लाख नाघेको छ।
पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ५ लाख ४९ हजार, फ्रान्समा ४ लाख ३६ हजार, इटलीमा १ लाख ९२ हजार, बेलायतमा १ लाख ८ हजार संक्रमित थपिएका छन्।
सो अवधिमा १६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ८ हजार २९९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ३ लाख १५ हजारभन्दा बढी संक्रमित थपिँदा ४९३ जनाको मृत्यु भएको छ।