काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू

काठमाडौं उपत्यकामा माघ ७ गते राति १२ बजेदेखि जोर बिजोरमा सवारी साधन संचालन गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यो नियम सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत लागू हुने प्रशासनले जनाएको छ।



माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ।

सम्बन्धित समाचार