आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य, कार्ड हराए के गर्ने ?

सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।

आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले कुल जनसङ्ख्याको ५३ प्रतिशतले एक मात्रा र ४१ दशमलव ४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्यामध्ये ८० दशमलव ९ प्रतिशतले एक मात्रा र ६३ दशमलव १ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कार्ड हराएमा सम्बन्धीत स्वास्थ्य संस्थावाट पुन: लिनमिल्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै कार्डकाे फाेटाे या फाेटाेकपी देखाए पनि हुने मन्त्रालयकाे भनाइ छ ।

सम्बन्धित समाचार