
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१० ज्वागलस्थित डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएकी ३२ वर्षीया चन्चली तामाङ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै रामेछाप, मन्थली नगरपालिका-६ सेलेघाटस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी पुलस्थित खोला छेउमा हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिरहा, धनगढीमाई नगरपालिका-११ स्थित प्राकृतिक अस्पतालको बराण्डामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता लमजुङ, राईनास नगरपालिका-७ बिरौटास्थित ईस्ति योगो वाटर प्रालिमा काम गर्ने सोही ठाउँ बस्ने ६९ वर्षीय पदम बहादुर भुजेल आफनै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
