आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २३ हजार ९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ जना र चार हजार ४७४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८८८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ७६६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १९ हजार ५७५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको छ । जसमा ६३ हजार ७३४ जना होम आइसोलेसनमा छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १९४ संक्रमित आईसीयूमा र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ९६ हजार ५८४ र एन्टिजेन विधिबाट १ लाख १० हजार ७ जना पुगेको छ ।

सम्बन्धित समाचार