कोरोना संक्रमणदरसँगै मृत्युदरमा पनि वृद्धि, यस्तो छ पछिल्लो २४ घण्टाको विवरण

देशभर थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म देशमा ११ हजार ६ सय ५१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।



यही अवधिमा थप ७०८ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना संक्रमणमुक्त भइसकेका छन् । देशभर हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार