बहुतले पार्किङमा लगानी गर्न नगर विकास कोषले गर्यो प्रस्ताव आव्हान

नगरहरूमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना संचालन गर्दै आएको नगर विकास कोषले काठमाडौमा बहुतले मेकानिकल पार्किङमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ । उपत्यकामा हुने अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न यो योजना ल्याइएको कोषले जनाएको छ ।

उक्त परियोजनामा लगानी गर्नका लागि काठमाडौं महानगरपालिकाभित्र कम्तीमा आठ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ । आयोजना निर्माण गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरूल्ऽे १५ दिनभित्र आवश्यक कागजातसहित विकास कोषको कार्यलयमा पेश गर्नु पर्ने बताइएको छ । काठमाडौंका थापालथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खुलगायतका मुख्य व्यावसायिक सडक छेउहरू वा दोहोर प्रवेशमार्ग भएको भित्री जग्गाहरूमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ ।



प्रस्ताव पेश गर्नका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नवीकरणसहितको प्रमाणपत्रको प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने पनि कोषले जनाएको छ ।

सम्बन्धित समाचार