विश्वका १७१ देशमा फैलियो ओमिक्रोन भेरियन्ट, डब्ल्यूएचओले दियो यस्तो चेतावनी

विश्वका १ सय ७१ देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेको जनाएको हो ।

यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन भेरियन्टकोे सङ्क्रमण भएको पाइएको छ । डब्ल्यूएचओको नयाँ रिपोर्टअनुसार यसअघि सङ्क्रमित भइसकेकाहरुलाई ओमिक्रोनको पनि सङ्क्रमण भएको पाइएको हो ।

ओमिक्रोनबाट गम्भीर बिरामी हुने खतरा कम भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई भने यसको नराम्रो असर पर्ने र ज्यान समेत जान सक्ने खतरा रहेको डब्ल्यूएचओले चेतावनी दिएको छ ।

सम्बन्धित समाचार