भारतमा घट्न थाल्यो कोरोना संक्रमणदर

उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्ला तीन दिन भारतमा क्रमस संक्रमणदरमा कमी आएको छ ।

यही अवधिमा २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ५ हजारजनाको मृत्यु भएको छ ।

त्यहाँ अहिले २२ लाखको हाराहारीमा कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ ।

सम्बन्धित समाचार