टेकु अस्पतालमा आजदेखि खोप अभियान फेरि सञ्चालनमा

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान आजदेखि फेरि सञ्चालनमा आउने भएको छ । अस्पतालले विज्ञप्ति निकालेर नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो ।

अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएपछि टेकुमा हिजो आइतवारदेखि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौबाट जनशक्ति व्यवस्थापन हुने भएकाले आज बिहान १० बजेदेखि फेरि नियमित खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार