आज पनि सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । आज राति देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मनाङ, मुस्ताङ, सोलुखुम्बुल, हुम्लालगायत जिल्लामा लगातारको हिमपातका कारण तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल झरेको छ । तापक्रम न्यून हुँदा जनजीवन प्रभावित भएको छ । वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार दिउँसो काठमाडौंको तापक्रम १३ देखि १५ डिग्री सेल्सियससम्म रहनेछ । काठमाडौं उपत्यकामा अपराह्न्नपछि वर्षा हुने सम्भावना रहेको मौसमविद् शाक्यले बताइन् ।

सम्बन्धित समाचार