प्रमुख अस्पताल नै कोरोना ‘हटस्पट’ बन्दै, टिचिङका ६०० जना संक्रमित

देशकै प्रमुख सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी ५० जनाभन्दा बढीमा कोभिड संक्रमण भएपछि खोप सेवा केहीदिन प्रभावित बन्यो ।

अस्पतालले सूचना नै जारी गरेर कोभिडविरुद्धको खोप ७ दिनलाई स्थगित गरेको जानकारी गराएको थियो । तर, नेपाल रेडक्रस सोसाइटी र काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराएपछि आजदेखि पुनस् खोप कार्यक्रम सञ्चालनमा आएको छ । टेकुका अन्य सेवा भने नियमित छन् ।

त्रिवि शिक्षण अस्पतालमा केहीदिनअघि ६० जना स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएपछि नियमित सेवा प्रभावित भएको थियो । अहिले यो संख्या बढेर ६०० पुगिसकेको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीकाअनुसार टिचिङ अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी संक्रमित हुनेको संख्या ६०० पुगिसकेको छ । तीमध्ये ३०० जना होम आइसोलेसनमा छन् भने बाँकी निको भएर सेवामा फर्किसकेका छन् ।

सम्बन्धित समाचार