निसास्सिएर श्रीमान्-श्रीमतीको मृत्यु

काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निसास्सिएर दम्पतीको मृत्यु भएको हो।

५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङकोको मृत्यु भएको हो। उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौदधको टोली पुगेको छ।

सम्बन्धित समाचार