पहिलो मैत्रीपूर्ण खेलमा नेपालको सुखद् सुरुवात, मरिसस १–० गोल अन्तरले पराजित

नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।

विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । एक वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् । अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालको लागि यो उनको नवौं गोल हो ।



मरिससविरुद्ध नेपाल सुरुआतबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।

सम्बन्धित समाचार