नागार्जुन साहित्यिक प्रतिष्ठानले गर्यो केही महत्वपूर्ण निर्णय

 

नागार्जुन साहित्यिक प्रतिष्ठानले ६ जना व्यक्तित्वलाई सल्लाहकारमा मनोनित गरेको छ भने नागार्जुृन साहित्यिक मासिकलाई नियमित गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका नयाँ अध्यक्ष दिल पौडेलको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।



सल्लाहकारमा मनोनयन हुनेहरूमा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, डा. गीता त्रिपाठी, डा. हरि सिलवाल, डा.विनोद मञ्जन तथा सुशीला प्रधानाङ्ग रहेका छन् ।

नागार्जुन पत्रिका नियमित गर्न दिल पौडेल, प्रकाश सिलवाल, यशोदा अधिकारी, शिवहरि पाण्डे तथा माधव घिमिरे रहेको सञ्चालन समिति पनि गठन गरिएको प्रतिष्ठानका अध्यक्ष पौडेलले जानकारी दिए ।

त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार शुभ–प्रभात काव्य गोष्ठी सञ्चालन गर्ने निर्णय भएको पनि नवकान्तिपुर डटकमलाई लिखित दस्तावेज प्राप्त भएको छ ।

सम्बन्धित समाचार