नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम आंशिक बदली रहनेछ। यी स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदुरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।
