देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । आज(बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा सत्ता गठबन्धन, स्थानीय तहको निर्वाचन र एमसीसीको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवसँग छलफलपछि प्रतिक्रिया दिँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।



उनले जेठमा हुने स्थानीय तहको चुनावमा पनि गठबन्धनका साथ जाने बताए । त्यस्तै उनले भेटवार्तामा गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल भएको बताए । गठबन्धन दिगो रूपमा जाने भन्दै नेपालले गठबन्धनसँग जोडिएर आएको हल्ला सत्य नभएको धारणा व्यक्त गरे ।

 

सम्बन्धित समाचार