नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (अनेरास्ववियु)ले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । आज (बिहीबार) एमाले निकट विद्याथीहरुले बालुवाटार पुगेर सरकारको ध्यानाकर्षण गराएको हो ।
अनेरास्ववियुले स्थानीय तहको निर्वाचन तुरुन्त गरेर संविधान र लोकतन्त्रको रक्षा गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष सुनीता बराल नेतृत्वको टोली निर्वाचन आयोगदेखि प्रधानमन्त्री कार्यालय बालुवाटारसम्म पुगेको थियो ।
स्थानिय निर्वाचनको मिति यथाशिघ्र तोक्न आग्रह गर्दै निर्वाचन आयोगको आग्रहसहितको पत्र विध्यत्र्हिहरुले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । आयोगले स्थानीय तहको निर्वाचन सरकारलाई जेठ ५ गते भित्र गर्न आग्रह गरेको छ ।
पत्र
