लोक सेवा आयोगको स्थगित परीक्षा फागुनदेखि सुरु हुने (तालिकासहित)

लोक सेवा आयोगको स्थगित भएको परीक्षाहरू फागुन ७ गतेदेखि सुरु हुने भएका छन् । हिजो (बुधबार) एक सूचना प्रकाशित गर्दै लोक सेवा आयोगले यसबारे जानकारी दिएको हो ।

कोरोनाका कारण लोक सेवा आयोगको परीक्षा स्थगित भएको थियो । त्यस्तै आयोगले परीक्षाको नयाँ तालिकासमेत सार्वजनिक गरेको छ ।आयोगले उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहका विभिन्न पदका लिखित परीक्षाहरू फागुन ७ गतेदेखि सुरू गर्ने आयोगले जनाएको छ ।



यस्तै आयोगले परीक्षा संचालन गर्दा कोभिड -१९ को स्वास्थ्य समस्याबाट बच्न सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन एवं व्यवस्थापन) मापदण्ड २०७७ (संशोधनसहित) पालना गरी परीक्षा संचालन गरिने आयोगले जनाएको छ ।

तालिका :

 

सम्बन्धित समाचार