नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । गएको माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । शर्टलिस्टमा परेका पाँच जनामध्ये मन्त्रिपरिषद्को बैठकले पाल्पाका कृष्णबहादुर कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
पाल्पा स्थायी घर भएका कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख छन् । सीईओ नियुक्त भएपछि उनले अब आयोजनाबाट राजीनामा दिने बताएका छन् ।सर्वोत्तम सिमेन्टमा स्वार्थ बाझिने गरी लगानी गरेको बाहिरिएपछि तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि सरकारले नयाँ सीईओ नियुक्त गरेको हो ।