कोरोनाविरुद्ध खोप अभियानमा सफल भएको भन्दै डब्लुएचओले दियो नेपाललाई बधाई

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ। यस अवसरमा डब्लुएचओले नेपाललाई बधाई पनि दिएको छ।

नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएकोमा बधाई दिएको हो।

हालसम्म नेपालमा लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्। सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका सतप्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ।

सम्बन्धित समाचार