काठमाडौं आसपासका डाँडामा हिमपात, चिसो बढ्यो

विहीबार रातिको वर्षासँगै काठमाडौं उपत्यकाका आसपासका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। काठमाडौं उपत्यकाका फुलचोकी, चन्द्रागिरि लगायतका वरीपरिका डाँडामा हिउँपरेको हो भने उच्च पहाडी र हिमाली जिल्लाहरुमा समेत हिमपात भएको छ।

हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षा भएको महाशाखाले जनाएको छ। आइतबारपछि मात्र मौसममा सुधार आउने बताइएको छ ।

सम्बन्धित समाचार