मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेलापरेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा ललितपुर इमाडोल बस्ने काभ्रे भकुण्डेबेशी नगरपालिका-९ घर भएका ४६ वर्षीय रामशरण अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै पाल्पा, बगनासकाली गाउँपालिका-१ घोरबन्दामा द पिस प्वाइन्ट नामक होटल सञ्चालन गरी बस्ने बिशाल भट्टराईकी श्रीमती ४० वर्षीया शोभा महर्जन सोही होटलको आफू सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै कास्की, पोखरा महानगरपालिका-१८ खपौदी रातमाटे डाँडास्थित फेवातालको किनारमा सोही महानगरपालिका-४ गैह्रपाटन बस्ने ४१ वर्षीया शान्ता आचार्य बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।



त्यसैगरी काठमाडौं, शंखरापुर नगरपालिका-४ रैलेस्थित जे पि प्रष्तिस्ठान बृद्धा आश्रममा बस्ने ८० वर्षीय कृष्ण बराल सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनकुटा, महालक्ष्मी नगरपालिका-१ घुमाउनेस्थित बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय बाघवीर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार