सिके राउत नेतृत्वको जनमत पार्टीले स्थगित गर्यो आन्दोलन

राजमार्ग केन्द्रित आन्दोलन गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । आज (शुक्रबार) एक विज्ञप्ति निकाल्दै पार्टीले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको हो ।

मौसम प्रतिकूल भएको भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए। आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै पार्टीले आफूहरुको माग सम्बोधन नभए फागुन १ गते देखि चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रम ल्याउने पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



त्यसैगरी पार्टीले मौसमले साथ दिएमा किसानहरूसँग अन्तरक्रिया गर्नसमेत आग्रह गरेको छ । जनमत पार्टीले किसानको माग सम्बोधन गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ ।

 

 

 

सम्बन्धित समाचार