नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा १ हजार १०३ र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६११ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४ हजार ७७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९३ दशमलब ३ रहेको छ ।
