नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।

मनाङ सक्रिय संक्रमित शून्य हुने पहिलो जिल्ला बनेको छ । ओमिक्रोन भेरियन्ट फेला परेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएयता मनाङमा पहिलो पटक सक्रिय संक्रमितको संख्या शून्यमा पुगेको हो ।
हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौँमा रहेका छन् । काठमाडौँमा मात्रै १३ हजार ८६ जना संक्रमित रहेका छन् भने ललितपुरमा ९ हजार ३२६ तथा भक्तपुरमा ३ हजार ५८३ जना सक्रिय संक्रमित रहेका छन् ।
