अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोटद्धारा खाद्यान्न सहयोग

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नुवाकोट शाखाले अपाङ्गता भएका १५ जना नागरिकहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । बेलकोटगढी नगरपालिका वडा नं ८ मा रहेका १५ जना अपाङ्गता भएका नागरिकहरुलाई चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न सामाग्री वितरण गरिएको राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोट शाखाका अध्यक्ष भरत प्रसाद दाहालले जानकारी दिए ।

कोरोना माहामारीको यो विषम परिस्थितिमा अपाङ्गता भएका नागरिकहरुको सहजताको लागि खाद्यान्न सामाग्री वितरण गरिएको अध्यक्ष दाहालले बताए । खाद्यन्न बितरण कार्यक्रममा समाज सेवी नारायण प्रसाद नेपाल, रामकृष्ण भट्ट, राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोटका सदिक्षा लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।

केन्द्रको शनिबार सम्पन्न प्रथम साधारण सभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ । नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति ध्रुव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले भरत प्रसाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति छानेको हो । केन्द्रको उपाध्क्षमा वीरबहादुर तामाङ र सचिवमा सुभद्रा ढकाल चयन भएका छन् ।

 



सम्बन्धित समाचार