नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।
मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको मृत्यु भएको छ । ३२ मिटर लामो साँघुरो इनारमा खसेका रायन नाम गरेका ती बालकको जीवितै उद्दारका लागि सरकारले चारदिन निरन्तर प्रयास गरेको थियो ।
तर उद्दारको दुःखद अन्त्य भएको छ । बालकलाई इनारबाट निकाल्दा घटनास्थलमा खुसीले चिच्याएको ठूलो भीड जब बालकको मृत्यु भइसकेको खबर बाहिरियो शोकमा बदलिएको थियो ।
बालकलाई उद्दारकर्ताहरुले शनिबार साँझ इनारबाट निकालेका थिए । बालकलाई इनारबाट निकाल्नु अघि घटना स्थलमा ठूलो भीड जम्मा भएको थियो ।
फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा रायनको जीवन रक्षाका लागि कामना गर्नेहरुको संख्या ठूलो थियो । तर चारदिनपछि उद्दार गरिएका बालकको मृत्यु भइसकेको खबरले सबैलाई स्तब्ध बनाएको छ ।
बालकको मृत्यु प्रति मोरक्का राज मोहम्मद-पाँचौले गहिरो दुःख व्यक्त गर्दै शोक सम्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।