नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ माघ ।

प्रदेश १ सरकारले आज नयाँ मन्त्रीहरु थप्ने तयारी गरेको छ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईनिकट स्रोतका अनुसार थपिने नयाँ मन्त्रीमा काग्रेसबाट प्रतापप्रकाश हाङगाम,ओम सरावगी, शेखर चन्द्र थापा छन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामकुमार राई, पूर्ण सिंह दर्लामीको नाम सर्ट लिस्ट भएको छ भने नेकपा एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, खिनु लङ्वा र राजन राई लगायतलाई मन्त्री बनाउने तयारी भएको एक नेताले जानकारी दिए । थपिएका मन्त्रीहरुको शपथ आजै हुने बताइएको छ ।
गठबन्धनले यसअघि ७ बाट मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने निर्णय गरेको थियो। अहिले पुनः एउटा मन्त्रालय थप गर्ने तयारी गरिएको जनाइएको छ।
